मुख्य समाचार
सेयर बजारबाट निश्चित समूहले फाइदा लुटिरहेको :अर्थमन्त्री डा.प्रकाशशरण महत | जेठ २७ र २८ गते काठमाडौंमा निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने | आजको सुन चादीको मूल्य | प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले बढेको | गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा | झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण | सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ | मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन | नेपाल र स्कटल्यान्ड भिड्दै खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट | गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्यावको निधन |

समाचार स्वास्थ्य ५ जेठ २०८०
जथाभाबी स्वास्थ्य उपकरण किन्ने अस्पताललाई सरकारले स्पष्टीकरण सोध्ने

ओमकार टाइम्स

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जथाभाबी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी मन्त्री बस्नेतले त्यस्ता अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने बताएका हुन् । उनले मन्त्रीस्तरीय निर्णयअनुसार गठित अस्पताल उपकरण व्यवस्थापनसम्बन्धी अनुगमन समितिको निष्कर्षका आधारमा त्यस्ता अस्पतालहरुलाई स्पष्टीकरण सोध्न निर्देशन दिइएको बताए ।

मन्त्री बस्नेतले  २ वर्षसम्म पनि प्रयोग नभएका वा हुन नसक्ने सामानहरू स्वास्थ्य सेवा विभागले फिर्ता लिई आवश्यकताका आधारमा अर्को अस्पताललाई दिने निर्णय भएको समेत सुनाए । उनले भने, ‘अब उप्रान्त स्वास्थ्य उपकरणहरू खरिद गर्दा न्यूनतम सेवा मापदण्डअनुसार मन्त्रालयको समन्वयमा खरिद गर्ने, प्रत्येक अस्पताललाई आगामी २ वर्षको कार्य योजना (सेवा विस्तार ) बनाएर पेश गर्न लगाउने र सोअनुसार आवश्यक पर्ने उपकरण मात्र खरिद गर्न लगाइन्छ ।’ मन्त्री बस्नेतले स्वास्थ्य सेवा विभागलाई खरिद एवं वितरण प्रकियालाई थप व्यवस्थित बनाउन समेत निर्देशन दिए ।

उनले अस्पतालहरुलाई २ वर्षभित्र खरिद गरिएका वा अन्य स्रोतबाट प्राप्त भएका स्वास्थ्य सामग्री तथा उपकरणहरूको विवरण, सङ्ख्या, स्रोत, मिति, वितरण गरेको निकाय र सामग्रीको अवस्था समेत अद्यावधिक गरी मन्त्रालयमा ७ दिनभित्र पेश गर्न  निर्देशन दिएका छन् ।

सबै सङ्घीय र प्रादेशिक अस्पतालका ओपिडीमा अनलाइन टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउन समेत उनले निर्देशन दिए छन् । मन्त्री बस्नेतले सङ्घीय अस्पतालमा कार्यरत सबै किसिमका कर्मचारीहरूको डिजिटल लिष्ट १५ दिनभित्र अद्यावधिक गर्न मन्त्रालय अन्तर्गतको प्रशासन महाशाखालाई निर्देशन दिएका छन् ।

त्यस्तै सबै सङ्घीय अस्पतालहरूमा जनरल बेड, आइसीयू बेड र रिक्त सङ्ख्याबारेको रेकर्ड वेब साइडमा राख्न समेत उनले निर्देशन दिएका छन् । बस्नेतले त्यो रेकर्ड ७ दिनभित्र अद्यावधिक गर्न समेत अस्पतालहरूलाई आग्रह गरेका छन् ।   त्यस्तै चालु आवमा विदेश भ्रमणमा गएका कर्मचारीहरूको नामावली, सहयोगी निकाय र उपलब्धि गएको देश समेतको विवरण ७ दिन भित्र अद्यावधिक  मन्त्री बस्नेतले निर्देशन दिए ।

प्रतिक्रिया