मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

राजनीति २३ चैत्र २०७९
सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

ओमकार टाइम्स

वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले सिकारी सरदार वंशु गुरुङको योगदानलाई राष्ट्रले सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।

तनहुँ क्षेत्र नं २ का सांसद शङ्कर भण्डारीको नेतृत्वमा आएको उक्त प्रतिस्ठानको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको हो । प्रतिष्ठानले उहाँका नाममा हुलाक टिकट प्रकाशन गर्नसमेत माग गरेको छ ।

गुरुङले राष्ट्रका लागि पुरयाउनुभएको योगदानलाई इतिहासमा लिपिबद्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको सरदार गुरुङका छैटौँ पुस्ताका लेख गुरुङले जानकारी दिनुभयो । "वंशु गुरुङका नाममा स्थापित प्रतिष्ठानलाई राज्यले बजेटको व्यवस्था गर्नुपर्नेमा जानकारी गरायौँ”, उहाँले भन्नुभयो, “हाम्रा मागमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।"शुक्लागण्डकीको तनहुँमा जन्मनुभएका गुरुङलाई प्रख्यात सिकारीका रूपमा लिइने गरिएको छ । उहाँले विसं १८२४ मा सिन्धुलीगढीको युद्धमा अङ्ग्रेजलाई परास्त गर्नुभएको र युद्धमा कहिले पनि नहारेको गुरुङले जानकारी दिनुभयो । सांसद भण्डारीले गुरुङलाई अहिलेसम्म राज्यका तर्फबाट कुनै पनि सम्मान नगरिएकाले अब यस विषयमा ध्यान दिन आफूहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार