मुख्य समाचार
प्रभु बैंकमा अर्बौं घोटाला गरेको आरोपमा सीईओ अशोक शेरचनविरुद्ध सीआईबीमा उजुरी | गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला | दक्षिण कोरियाको जङ्गलमा सुख्खा मौसम र हुरीका कारण भीषण आगलागी, २४ जनाको मृत्यु | लोकेश बमको उत्कृष्ट ब्याटिङमा कोशीलाई हराएपछि एपिएफ फाइनल खेल्ने होडमै | यस्ताे छ आजकाे सेयर बजार परिसूचक(नेप्से) | बुधबार सेयर बजार (नेप्से) ४० दशमलब ४७ अंक बू4789+965232 | बुधबार सेयर बजार (नेप्से) ४० दशमलब ४७ अंक बू4789+96523232120 | साफकाे महासचिवमा पुरुषोत्तम कट्टेल नियुक्त | वेस्ट बैङ्कमा नयाँ बस्ती बसाल्ने इजरायली निर्णयप्रति बेलायतकाे विरोध | लोकतन्त्र र गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस : गृहमन्त्री लेखक |

समाचार १८ चैत्र २०८०
जर्मनीले गाँजालाई कानुनी मान्यता दिने

एजेन्सी

बेल्जियम । जर्मनीले सोमबारदेखि गाँजाको प्रयोगलाई आंशिक रूपमा कानुनी मान्यता दिने भएको छ । अप्रिल १ देखि व्यक्तिगत प्रयोगका लागि २५ ग्रामसम्मको सुकेका गाँजा बोकेर हिँड्न पाइनेछ । 

घरमा गाँजाको बोट लगाउन पनि दिइनेछ । तर प्रत्येक वयस्कले तीन वटा मात्रै गाँजाको बोट लगाउने पाउनेछन् ।

घरमा बढीमा ५० ग्रामसम्म सुकेको गाँजा राख्न पाइनेछ । विद्यालय, किन्डरगार्टेन, खेल मैदान र सार्वजनिक खेल केन्द्रको सय मिटरभित्र भने गाँजा फुक्न बन्देज गरिएको छ । 

बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म सडकको पैदलयात्रा खण्डमा गाँजा खान मनाही गरिएको छ । जुलाई १ देखि भने कानुनी रूपमै गाँजा लिन सर्वसाधारणहरूलाई सजिलो होस् भनेर गाँजा क्लबहरू खोलिनेछ ।

प्रत्येक गाँजा क्लबमा ५०० जना सदस्य रहनेछन् । हरेक सदस्यले यी क्लबबाट मासिक रूपमा बढीमा ५० ग्रामसम्म सुकेको गाँजा किन्न सक्नेछन् । 

गाँजा सेवनका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमहरू न्यूनीकरण गर्नु यो कानुनको उद्देश्य रहेको सरकारको दाबी छ । तर विपक्षी दलहरू, स्वास्थ्य संगठन र क्षेत्रीय अधिकारीहरूले भने यसको चर्को आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया