गौरादह फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको साधारणसभामा नयाँ नेतृत्व चयन

ओमकार टाइम्स संवाददाता

दमक । झापाको गौरादह फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको चौथो चुनावी साधारण सभाले कृष्ण शर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नव निर्वाचित समितिको उपाध्यक्षमा सुरेश शर्मा, सचिवमा लक्ष्मी प्रसाईं, कोषाध्यक्षमा कृष्ण ढुंगाना निर्वाचित भएका छन् भने सदस्यहरुमा भक्त बहादुर ताजपुरिया, इन्दिरा कार्की, सुरज शाह, कृष्ण बास्तोला, अभिमन्यु राजवंशी चयन भएका छन्।

कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरेका संघका झापा जिल्ला अध्यक्ष चन्द्र प्रसाद गिरीले संघको गौरादह नगरले गरेका विभिन्न सामाजिक कार्यको खुलेर प्रसंशा गरे भने व्यावसायिक हकहितका लागि जस्तोसुकै समस्या सहजिकरण र समाधानका लागि जिल्ला सदैव तत्पर रहेको पनि जनाए ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै संघका केन्द्रीय सचिव राजकुमार दाहालले राज्यले अहिले पनि फर्निचर व्यावसायीहरुलाई हेर्ने नजरमा राम्रो नभएको आरोप लगाए । राज्यको हरेक नियम र कानुनको परिधिभित्र रहेर कार्य गरेर सयौंलाई रोजगारी र राज्यलाई अरबौं कर तिर्दा पनि सहज रुपमा व्यवसाय गर्ने वातावरण नभएको भन्दै दाहालले राज्यको हरेक निकायले यो विषयमा गम्भीर भएर ध्यान केन्द्रीत गर्न ध्यानाकर्षण गराए ।

गौरादह नगरपालिका भित्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रम आज गौरादह ३ स्थित अतिथि सदनको सभा हलमा सम्पन्न भएको थियोे । 


प्रतिक्रिया

सम्बन्धित समाचार