दमक / रौतहटमा स्रोत नखुलेको नेपाली दुई लाख बढी रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिहार सितामढी जिल्ला बैरगनिया ३ असोगीका ३४ बर्षीय रबिन्द्र कुमार रहेका छन् । >
रबिन्द्र लाइ बौधिमाई नगरपालिका ७ अरुवा खोला छेउ सिमावर्ती इलाकाबाट २ लाख ११ हजार ८४० रुपैयाँ सहित पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ । शुक्रबार साँझ भारतबाट नेपाल आउनेक्रममा रबिन्द्रकुमार चढेको विआर ३० ए एफ ६९३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त रकम बरामद भएकाे हाे । >
रबिन्द्र लाइआवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएकाे छ ।
>
>>