मुख्य समाचार
माओवादीको नयाँ भातृ संगठन रिटर्नी सेन्टर भेलाको तयारी पुरा | सेयर बजारबाट निश्चित समूहले फाइदा लुटिरहेको :अर्थमन्त्री डा.प्रकाशशरण महत | जेठ २७ र २८ गते काठमाडौंमा निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने | आजको सुन चादीको मूल्य | प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले बढेको | गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा | झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण | सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ | मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन | नेपाल र स्कटल्यान्ड भिड्दै खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट |

समाचार खेल ११ जेठ २०८०
भलिबलमा काठमाडौँ र चितवन च्याम्पियन

ओमकार टाइम्स

काठमाडौँ । काठमाडौँ र चितवनले दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा बिहीबार भलिबलतर्फ स्वर्ण पदक जितेका छन् । हेटौंडास्थित हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा काठमाडौँले महिलातर्फ र चितवनले पुरुषतर्फ स्वर्ण पदक जितेका हुन् ।

काठमाडौँले फाइनलमा दोलखालाई २५–५, २५–६ र २५–१२ अंकले हरायो । चितवनले भने फाइनलमा धादिङमाथि २५–१७, २२–२५, २८–२६ र २५–१८ अंकको जित निकाल्दै पुरुषतर्फ स्वर्ण पदक हात पा¥यो ।

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा भने बेस्ट अफ थ्रीमा भएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ काठमाडौँले सिन्धुलीलाई २–१ सेटले र महिलातर्फ चितवनले धादिङलाई २–० ले हराउँदै कांस्य पदक प्राप्त गरे ।

प्रतियोगितामा पुरुषतर्फm चितवनका नवीन महतो र महिलामा काठमाडौँकी सलिना बुढामगर उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा चितवनका रमेशचन्द्र विक उत्कृष्ट प्रशिक्षक चयन भए ।

विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा मनोज श्रेष्ठ, सेटरमा चितवनका मञ्जिल गुरुङ, ब्लकरमा चितवनकै सुरेश  महतो, लिबेरोमा चितवनका समीर थापा र सर्भरमा धादिङका अमन आले उत्कृष्ट घोषित भए ।

महिलामा भने काठमाडौंका कुमार राई उत्कृष्ट प्रशिक्षक चयन भए । महिलाको विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा चितवनकी आरती सुबेदी, सेटरमा काठमाडौंका भावना तामाङ, ब्लकरमा काठमाडौँकी सुमित्रा रेग्मी, लिबेरोमा काठमाडौँकी एन्जिला प्रधान र सर्भरमा काठमाडौँकी निसा महर उत्कृष्ट भए । विजेता खेलाडीलाई प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव सूर्यलाल भण्डारीले पुरस्कृत गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार