मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

समाचार २४ मंसिर २०७९
महोत्तरीको बर्दिबासमा एकै रातमा ३ वटा पसलमा चोरी

ओमकार टाइम्स

शुक्रबार राति महोत्तरीको बर्दिवासमा तीन वटा पसलमा चोरी भएको छ । बर्दिवासस्थित पन्चधुरा मसला मिल तथा माहादेव जेनरल किराना पसल, खड्का सप्लायर्स कोल्ड र आराध्य अटो मोटर पार्टस एण्ड सर्भिसेज सेन्टरबाट  चोरी भएको हो ।

खड्का सप्लायर्स कोल्ड स्टोरबाट सामान र नगद गरी झण्डै ७० हजार, पन्चधुरा मसला मिल तथा माहादेव जेनेरल स्टोरवाट सामान र नगद गरी झण्डै एक लाख बराबरको सामान चोरी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ  ।त्यसैगरी आराध्या मोटर पार्टसबाट सामान र नगद गरी दुई  हजार बराबरको चोरी भएको उक्त मोटर पार्टसका संचालक बिक्रम थापाले जानकारी दिए ।

आराध्य मोटर पार्टस र खड्का सप्लायर्स कोल्ड स्टोरसगै जोडिएका छन् । खड्का सप्ल्यार्स कोल्ड स्टोरमा पुग्न आराध्या मोटर पार्टसको सटर प्रयोग गरेको पाइएको छ ।

आराध्या मोटर पार्टसबाट मान्छे छिर्न सक्ने प्वाल बनाएर पसलमा चोरी गरेको खड्का सप्ल्यार्स कोल्ड स्टोरका संचालक सुरज खड्काले बताए । प्रहरीले शंका लागेका केहीलाई निगरानी बढाएको छ । पीडितहरुले शंका गरेका सेहीनाइ निगरानी बढाइएको इलाका प्रहरी  कार्यालय गौरिडाडाले जनाएको छ ।

प्रहरीको अनुसार पन्चधुरा मसला मिल तथा माहादेव जेनरल किराना पसलको छानोको जस्ता उखलेर चोरभित्र पसेको देखिएको छ ।

प्रतिक्रिया