नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिवार बिर्तामोडदेखि कन्यामसम्म अपाचे ओनरस् ग्रुप (एओजी) राइडको आयोजना गरेको छ ।तीस जना राइडरहरु यात्राको क्रममा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरूमा संलग्न भए ।
>
नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य कन्यामको अवलोकन गरेर कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै टीभीएसको प्रशंसा पनि गरे ।>
टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरेको छ ।>
राइडका एक सहभागी तथा भ्लगर, अनुप श्रेष्ठ भने, ‘टीभीएसले पहिला पटक पूर्वी नेपालमा यस्तो राइडको आयोजना गरेको छ । जगदम्बा मोटर्स्लाई पूर्वी नेपालमा बाइकरहरुको समुदाय बनाएर हामीलाई बाइकिङ प्रविधि सिक्ने मौका दिएकोमा धन्यवाद दिन चाहन्छौं ।’>
जगदम्बा मोटर्सले नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।>
कम्पनीको नेपालभर १४० भन्दा बढी डिलर छन् ।>>