मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

राजनीति १८ कार्तिक २०७९
प्रचण्ड भन्छन्- निर्वाचनपछि मैले देशको नेतृत्व लिने सम्भावना छ

ओमकार टाइम्स

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि आफूले देशको नेतृत्व लिने सम्भावना रहेको बताएका छन्। गठबन्धन दलको चुनावी कोणसभालाई गोरखा नगरपालिका-१४, याङकोटमा शुक्रबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गोरखाबाट निर्वाचन जितेर चुनावपछि आफूले देशको नेतृत्व लिने सम्भावना बढेको बताएका हुन्।

‘सुरेन्द्रराज पाण्डे जितेपछि गण्डकीको मुख्यमन्त्री बन्नेछन्। यो निर्वाचनपछि मैले देशको नेतृत्व लिने सम्भावना छ। मैले जिते गोरखाको विकासमा तीव्रता ल्याउँछु,’ उनले भने, ‘म यसअघि रोल्पा र काठमाडौंबाट लडेको हो। मेरो आवश्यकता र उद्देश्य देशलाई शान्तितिर लैजानु थियो। सिरहामा मधेशको विश्वास जित्न गएको हो।’

चितवनका जनताले प्रचण्ड रोल्पा, काठमाडौं र सिरहा गएको गुनासो गरेपछि तेस्रो चुनाव आफूले गृहजिल्ला चितवनमा लडेँको उनको भनाइ छ। उनले गोरखामा पनि विकास र समृद्धिको सपना बोकेर आएको उनले बताए।

‘धेरैले बाटोकै कुरा गर्नु भयो। सबै धुला बाटाहरूलाई पिच गर्ने वाचा गर्छु’, उनले भने, ‘गोरखकाली रवर उद्योगलाई पनि नयाँ योजना ल्याउँछु। माओवादी र कांग्रेस मिलिसकेपछि यहाँ असाधारण बहुम आउँछ। देशमा अन्यत्र भन्दा गोरखामा अत्यधिक मत ल्याएर विजयी भएमा ठूलो सन्देश जान्छ।’

प्रचण्डले गोरखामा आफ्नो जित संसारले देख्नुपर्ने बताए। ‘गोरखाको जित संसारले देख्नुपर्छ। यहाँ हामीले राम्रोसँग मतदान गर्यौँ भने यसको सन्देश संसारभर जान्छ’, उनले भने।

प्रतिक्रिया