मुख्य समाचार
माओवादीको नयाँ भातृ संगठन रिटर्नी सेन्टर भेलाको तयारी पुरा | सेयर बजारबाट निश्चित समूहले फाइदा लुटिरहेको :अर्थमन्त्री डा.प्रकाशशरण महत | जेठ २७ र २८ गते काठमाडौंमा निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने | आजको सुन चादीको मूल्य | प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले बढेको | गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा | झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण | सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ | मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन | नेपाल र स्कटल्यान्ड भिड्दै खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट |

समाचार अपराध १२ जेठ २०८०
नक्कली शरणार्थी प्रकरण : आजबाट अदालतमा बयान सुरु हुने

ओमकार टाइम्स

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गते देखी पक्राउ परेकाहरूको आज देखी अदालती बयान सुरु हुन लागेको हो ।

सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्काालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ गरिएको थियो । 

गत सोमबार प्रहरीले आफ्नो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाए पछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौँमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्दा दर्ता गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सह न्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणको बयान थुनछेक बहस सकिनै करिब दुई साता लाग्नेछ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुखसमेत रहेका सह न्यायाधिवक्ता नेउपानेका अनुसार शुक्रबार गोला प्रणालीबाट थुनछेक प्रयोजनका लागि पेसी तोकिने छ । त्यसपछि पेसी तोकिएका न्यायाधीशकै सामुन्ने प्रतिवादीहरूको बयान लिइने छ ।

प्रतिक्रिया