मुख्य समाचार
आजको मौसम : देशभर आंशिक देखि सामान्य बदली रहने | आजको राशिफल : २०८० साल असोज ५ गते शुक्रबार | शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | ‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’ |

अर्थतन्त्र २७ श्रावण २०८०
ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक

ओमकार टाइम्स

काठमाडौँ । ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक बनेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको हो ।

अर्थ मन्त्रालयको स्रोतअनुसार ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा पाँच अर्ब ४३ करोड रूपैयाँ कर दाखिला गरेको छ । यो कर बैंकले वर्षभरी विभिन्न शीर्षकमा तिरेको सबै करको योग हो । ग्लोबल आइएमई बैंकले गएको आवमा सात अर्ब २५ करोड रूपैयाँ खुद नाफा गरेको छ ।

यो नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आव २०७८/७९ मा तीन अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो । २१ वटा बैक तथा वित्तीय संस्थाहरु मिलेर बनेको ग्लोबल आइएमई बैंक चुक्ता पूँजीको आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बैंकको सञ्चालक समितिको अध्यक्ष छन् । यस्तै, कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्रचार्य छन् ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार