अल्का अस्पतालले आज (सोमबार) देखि पुस २२ गतेसम्म नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
सोमबार बिहान अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच निःशुल्क स्वास्थ्य शिविरको अस्पतालका अध्यक्ष कुमार थापाले उद्घाटन गरेका हुन्।>
सो कार्यक्रममा उनले आइभिएफ, मधुमेह र साइकियाट्रिक एक आपसमा सम्बन्ध भएका कारण यस पटकको शिविरमा यी विषयलाई प्राथमिकता दिएको उल्लेख गरे।>
अस्पताल परिसरमा सुरू नि:शुल्क स्वास्थ्य शिविरमा आइभिएफ, मधुमेह तथा न्युरो साइकियाट्रिक विशेषज्ञबाट स्वास्थ्य जाँच भइरहेको प्रशासन प्रमुख भगवान केसीले बताए।>
शिविरमा स्वास्थ्य जाँच गरिएकाहरूलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याव जाँच र औषधि वितरण पनि गरिने अस्पतालले जनाएको छ।>
शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा १ लाख छुटको व्यवस्था मिलाइएको छ।त्यस्तै, एमआरआइ र सिटी स्क्यान पनि निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको छ।>
शिविरमा सहभागीहरूले एक महिनासम्म फलो अप गर्दा पनि कुनै शुल्क नलाग्ने अस्पतालले बताएको छ।>
अस्पतालले यसअघि लमजुङ, मकवानपुर, काभ्रे लगायतका जिल्लाहरूमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको छ।>
२०६२ साल फागुन ३ गतेदेखि सञ्चालनमा आएको उक्त अस्पतालमा एक सय शय्या छ।>
अस्पतालले केही समय अघि अल्का आइभिएफ सेन्टर र डाइबेटिज सेन्टरको स्तरोन्नति गरेको थियो।>
अस्पतालले उपचारमा भित्रिएका नयाँ–नयाँ प्रविधिहरू भित्र्याएर बिरामीहरूलाई सेवा दिँदै आइरहेको छ।