मुख्य समाचार
यी माग सम्बोधन भए रोकिन सक्छ आन्दोलन | आजको मौसम : देशभर आंशिक देखि सामान्य बदली रहने | आजको राशिफल : २०८० साल असोज ५ गते शुक्रबार | शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति |

अर्थतन्त्र २३ श्रावण २०८०
विदेशी मुद्रा बढेपछि एलसी कारोबारमा लचक राष्ट्र बैंक, सूचना प्रविधि निर्यात गर्नेलाई पनि मुद्रा सटही सहज

ओमकार टाइम्स

काठमाडौं । पछिल्लो समय विदेशी मुद्राको सञ्चिति बढ्दै गएपछि मुद्रा सटहीमा नेपाल राष्ट्र बैंकले केही लचिलो नीति लिएको छ ।

नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले ‘एकीकृत परिपत्र २०७९’ संशोधन गर्दै प्रतितपत्र (एलसी) कारोबारमा लचक बनेको हो ।

अब तयारी पोसाकका साथै नेपाल एकीकृत व्यापार रणनीति, २०८० मा उल्लेख भएको ‘निर्यात सम्भावना देखिएका वस्तु’ अन्तर्गतको ‘वर्तमान वस्तुहरु’ उत्पादन गर्ने उद्योगहरुले पनि आफ्नो उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्न व्याक टु व्याक प्रतीतपत्र खोल्न पाउने व्यवस्था गरेको छ । यस अघि तयारी पोसाक उद्योगहरुलाई मात्र उक्त सुविधा दिइएको थियो ।

एक पटकमा अधिकतम ६० हजार डलरसम्मको वस्तु आयात गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि एकपटकमा अधिकतम ५० हजार डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्मको वस्तु आयात गर्न सकिने व्यवस्था छ । यस्तै, भारतबाट हुने आयातमा ३ करोड भारतीय रुपैयाँसम्मको एलसी खोल्न पाइने राष्ट्र बैंकले जनाएको छ ।

विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका राजस्व कार्यालयमार्फत हुने आयातको हकमा उद्योगले १ प्रतिशत र व्यापारिक संस्थाले ३ प्रतिशत मात्र धरौटी राख्नुपर्ने व्यवस्था गरेको छ ।

अन्यत्रबाट आयात गर्दा उद्योगले २ प्रतिशत र व्यापारिक संस्थाले १० प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था छ । यस्तै, वायुयान सेवा सञ्चालक संस्थालाई अमेरिकी डलर १ लाख र भारतमा १ लाख डलरले हुने भारु वा अन्य परिवर्त्य विदेशी मुद्रामा भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

यस्तै सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग व्यवसायलाई विदेशमा सम्पर्क कार्यालय स्थापना गर्ने प्रयोजनको लागि विदेशस्थित आफ्नै बैंक खातामा रकमान्तर गर्न वा सफ्टवेयर, प्रोग्राम, उपकरण खरिद गरी विदेशमै जडान गर्न उक्त उद्योगले अघिल्लो आर्थिक वर्ष आर्जन गरेको विदेशी मुद्राको १० प्रतिशत सम्मको सीमामा रही वाणिज्य बैंकमार्फत विदेशी मुद्राको सुविधा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार