मुख्य समाचार
एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ मा | सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ? | हल्दिबारीका विपन्न नागरिकलाई एम्बुलेन्स सेवा निःशुल्क | प्रधानमन्त्रीको चीन भ्रमणमा सहभागी हुने इप्पान प्रतिनिधि मण्डल चीन प्रस्थान | गणतान्त्रिक योध्दा खेमराज भट्ट मायालुको निधन | जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु | बाँकेको जयेन्दु बाल सुधार गृहमा झडप, १ जनाको मृत्यु, १० जना घाइते | आन्दोलनरत शिक्षक र सरकारबीच वार्ताको तयारी | शिक्षकहरूले अघि सारेको यी माग : जो सम्बोधन गर्न संविधानै संशोधन गर्नुपर्छ | मलङ्गवामा दुई समुदायबीच फेरि झडप, निषेधाज्ञा जारी |

शेयर ७ असार २०८०
सामान्य अंक बढेर रोकियो नेप्से

ओमकार टाइम्स

काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४ अंकले बढेर बन्द भएको छ । दिउँसो साढे १२ बजेसम्म बढेपनि त्यसपछि घट्न थालेको नेप्से अन्तिम समयमा सामान्य बढेर बन्द भएको हो ।

यससँगै, नेप्से परिसूचक २०५५ अंकमा पुगेर रोकिएको छ । परिसूचक बढेपनि आज १४७ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । यस्तै, ७४ कम्पनीको सेयर मूल्य बढ्दा ४ वटा कम्पनीको मूल्य भने स्थिर कायम भएको छ ।

परिसूचक बढेको दिन आज ३ अर्ब ४४ करोड रुपैयाँ बराबरको ८० लाख ८ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा आज ७  वटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । यसमध्ये ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले नै बढेको छ ।

आज कारोबार भएका १३ मध्ये ४ समूहको सूचकमा मात्रै सुधार आउँदा समग्र परिसूचक बढेर रोकिएको छ । आज होटल, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूहको सूचकमा उल्लेखनीय वृद्धि देखिएको छ । यीनै ४ समूहको सूचकमा सुधार आउँदा समग्र परिसूचक बढेको हो ।

प्रतिक्रिया