मुख्य समाचार
भारतबाट मुर्रा राँगा नेपाल ल्याइने भएपछि पशु वैज्ञानिक उत्साहित | आजको विदेशी मुद्राको विनिमय दर | पहाडी क्षेत्रमा हल्का वर्षा, तराईमा आगामी पाँच दिन लू चल्ने | आजको राशिफल : २०८० साल जेठ २५ गते बिहीबार | राजस्व कार्यालय दमक कै संरक्षणमा कर छलि गर्दै डेन्टल हस्पिटल | तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण | निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान | कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई सोधियो स्पष्टीकरण | मेलम्चीमा ‘बेलिब्रिज निर्माण हुने | नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीले के भने ? |

हैजा लागेर दक्षिण अफ्रिकामा सत्र जनाको मृत्यु

एजेन्सी

अफ्रिका । दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ ।

हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने १७ जनाले ज्यान गुमाएको विभागले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ । हालै हम्मास्क्रालमा हैजाको प्रकोप देखिएपछि एक सय ६५ जनाको उपचार गरिएको छ ।

गत फेव्रुअरीको प्रारम्भमा दक्षिण अफ्रिकामा हैजाका  दुई ‘केस’ अभिलेख भएको थियोभने सोही महिनाको अन्त्यमा एक जनाले ज्यान गुमाएपछि देशकाम विभिन्न भागमा झाडा तथा वाकवाकी लाग्ने, पेट दुख्ने र डिहाइड्रेसनका समस्याबाट मानिस पीडित भएका थिए । सरकारले यस्ता लक्षण देखिने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन आग्रह गरेको थियो । विभागले अहिले पनि त्यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य परीक्षण गराउन, नियमित रुपमा औषधि सेवन गर्न सर्वसाधारणलाई आह्वान गरेको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार