मुख्य समाचार
आजको राशिफल : २०८० साल चैत १६ गते शुक्रबार | भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार |

समाचार १० माघ २०७९
बुटवलमा छाडाचौपाया नियन्त्रण गर्न अल्पकालीन अन्तरिम आदेश

ओमकार टाइम्स

बुटवल उपमहानगरलाई छाडा चौपाया नियन्त्रण गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको छ।सडकमा यत्रतत्र हिँड्ने छाडा चौपायाका कारण सडक दुर्घटना बढ्दा मानिसको अकालमै मृत्यु हुने गरेको भन्दै नियन्त्रणको कानून निर्माण गरी कार्यान्वयन गर्न रिट निवेदनमा माग गरिएको थियो।

लुम्बिनी बौद्ध विश्वविद्यालय कानून संकायमा अध्ययनरत विद्यार्थीहरूले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो।

विश्वविद्यालयको सिटी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू केशव घर्तीमगर, नवीन खनाल, कृपा पन्त, करिश्मा ज्ञवालीले बुटवल उप–महानगरसमेतलाई विपक्षी बनाइ उच्च अदालत बुटवल इजलासमा रिट दायर गरेका थिए।

न्यायाधीश रमेशराज पोखरेलको एकल इजलास पन्ध्र दिनभित्र लिखित जवाफ पेश गर्नसमेत उप–महानगरपालिकालाई आदेश दिएको छ।

रिट निवेदकहरूले विपक्षीहरूले आफ्नो कानूनी दायित्व बमोजिम कार्य नगरेको, छाडा चौपायाको उचित प्रबन्ध गरी सम्भावित दुर्घटना समेतलाई न्यूनीकरण गर्न वाञ्चनीय रहेको भन्दै अदालतले माघ १० गते मङ्गलवारलाई छलफलका लागि बोलाएको छ। मङ्गलवारको छलफलपछि अन्तरिम आदेशबारे टुंगो अदालतले लगाउनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार