मुख्य समाचार
तीन दिनदेखि रुसमा फसेका एअर इन्डियाका यात्रु अमेरिका प्रस्थान | नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाईयो | जिल्ला अदालत धादिङले हत्या तथा मानव बेचबिखन मुद्दाका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा | नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजबाट सुरु | प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी | सिंगापुर जाने सपना तर विडम्बना चार महिनादेखि काठमाडौंमा बन्धक | पदबहाली गरेको पाँच महिनाभन्दा बढी तर, उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् | एसइई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी | भारतबाट मुर्रा राँगा नेपाल ल्याइने भएपछि पशु वैज्ञानिक उत्साहित | आजको विदेशी मुद्राको विनिमय दर |

समाचार कला ११ माघ २०७९
विश्वभर ७७ सय स्क्रिनमा एकसाथ प्रदर्शन भयो 'पठान'

ओमकार टाइम्स

बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म 'पठान' आजदेखि प्रदर्शनमा आएको छ। 

फिल्म प्रदर्शनमा आएसँगै सकारात्मक प्रतिक्रिया पाइरहेकाे छ। भारतीय बजार विश्लेषक तथा समीक्षक तरण आदर्शले फिल्मलाई साढे ४ स्टार रेटिङ दिँदै ब्लकबस्टर बताएका छन्।

विश्वभर ७७ सय स्क्रिनमा एकसाथ प्रदर्शनमा आएको फिल्मले भारतमा ५२ सय स्क्रिन पाएको छ। फिल्मले नेपालमा पनि आक्रामक शो पाएको छ।

दैशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘पठान’ लाई ११३ शो दिएको छ। त्यसैगरी बिग मुभिज, वान सिनेमाज, क्युज सिनेमाज र एफक्युब सिनेमाजले पनि फिल्मलाई उत्साहजनक शो उपलब्ध गराएको छ।

आजका धेरै शोहरू मंगलबार नै ‘सोल्डआउट’ भइसकेका छन्। ‘पठान’ प्रदर्शन भएसँगै बन्द भइसकेका नेपालका ६ हलहरू पुनः सञ्चालन आएका छन्।

मोरङको विराटचोक, पाल्पा, गोरखा, सर्लाहीको बरथहवा, दोलखाको चरिकोट र उदयपुरको गाईघाटमा रहेका हलहरू सञ्चालनमा आएका हुन्।

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म ‘पठान’मा शाहरूख र दीपिका पादुकोणसँगै जोन अब्राहमको पनि मुख्य भूमिका छ। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गर्दैछन्। 

शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। यस फिल्ममा सलमान खान केमियो भूमिकामा देखिने चर्चा छ। 

निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार