मुख्य समाचार
अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही हुने | सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यले रवि लामिछानेलाई नागरिकताको मुद्दा हालियो: शंकर पोखरेल | अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमको कार्ययोजना तयार | नेप्सेले तोड्नै सकेन छ महिना अघिको उचाई, २१९६ मा कडा प्रतिरोध | गृह मन्त्रालयबारे गठबन्धनमा छलफल जारी, रास्वपालाई दिन माओवादीको आनाकानी | नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्छु : स्वास्थ्यमन्त्री गिरी | सुमन सायमीको आरोप : बालेन शाह पहिलेका शासक भन्दा पनि निरंकुश | नेपाली महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त | रविलाई फेरि सभापति बनाउने रास्वपाको तयारी, केन्द्रीय समिति बैठक बोलाइयो | रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता |

खेल २६ पौष २०७९
जनकपुरलाई हराउँदै विराटनगर नेपाल टी २० लिगको फाइनलमा

ओमकार टाइम्स

काठमाडौं । दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै विराटनगर सुपर किङ्स जारी नेपाल टी-२० लिगको फाइनल प्रवेश गरेको छ । विराटनगरले उपाधिका लागि बुधबार लुम्बिनी अलस्टार्ससँग खेल्नेछ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको विराटनगरले जनकपुरलाई १६८ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा जनकपुर ४ बल बाँकी रहँदा अलआउट हुँदै १२८ रनमा सीमित भयो ।

जनकपुरका चादविक वालटनले ४७ बलमा ६ चौका प्रहार गर्दै सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेले । कप्तान ट्रेभोन ग्रिफित ३४ रनमा आउट हुँदा खडक बोहराले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरका तीब्र गतिका बलर कियोन जोसेफले ४ ओभरमा १ मेडन राख्दै २७ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । नन्दन यादव र राज नननले समान दुईदुई विकेट लिँदा सूर्य तामाङले एक विकेट लिए । यसअधि विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल तयार पारेको थियो ।

ओपनर गौरान्सु शर्माले ४१ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४२ रनको योगदान गरे । अर्जुन साउद २६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३५ रनमा आउट भए । हुसेन टलत २१ बलमा ५ चौकासहित ३२ रनमा पभेलियन फर्कंदा राज ननन १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा आउट भए । त्योबाहेक विराटनगरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जनकपुरको बलिङमा जितेन्द्र मुखियाले ४ ओभरमा ३८ रन खर्चिएर दुई विकेट लिए । शर्राफुदिन असरर्फ, ललित राजवंशी र सामिउल्लाह सिनवारीले समान एकएक विकेट लिए ।

यसअघि, पहिलो क्वालिफायर खेलेको जनकपुर लुम्बिनी अलस्टार्ससँग पराजित हुँदै दोस्रो क्वालिफायर्स खेल्ने भएको थियो । विराटनगरले मंगलबार काठमाडौं नाइट्सलाई इलिमिनेटरमा पराजित गर्दै दोस्रो क्वालिफायरमा जनकपुरसँगको भेट पक्का गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार