काठमाडौँ । सरकारले शिक्षकहरुसँग विगतमा भएका सहमतिबाट पछि नहट्ने स्पष्ट गरेको छ । कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँग सरकारले गरेका सहमतिबाट पछि नहट्ने बताएका हुन् । >
बिहीबार कांग्रेस केन्द्रीय समिति बैठकमा सरकारका तर्फबाट धारणा राख्दै शिक्षक महासंघले अहिले राखेका मागमध्ये कतिपय शिक्षा नियमावलीमै समावेश गर्नुपर्ने खालका रहेको समेत बताए । ‘शिक्षा नियमावलीमा राख्नुपर्ने बाँकी छन्’, उनले भने,‘ त्यो विषयमा उहाँहरुसँग छलफल र वार्ता गरेर यी–यी विषय हामी शिक्षा नियमावलीमा सम्बोधन गर्छौ भनेर भन्न सकिन्छ ।’>
अर्को निजमति सेवा सरहको पेन्सनको सवालमा २०७६ सालदेखि लागु हुनेगरी भनेर शिक्षा मन्त्रालयले परिपत्र गर्नेवित्तिकै कार्यान्वयनमा जाने कार्यबहाक प्रधानमन्त्री खड्काले बताए । ‘यो पनि उहाँहरुको माग छ यसमा पनि हामीले सल्लाह गरेका छौ यसमा कुनै समस्या छैन’, खड्काले आन्दोलनरत शिक्षकहरुका मागबारे व्रिफिङ गर्दै भने, ‘बीचमा उहाँहरु छलफलमा बस्नुभएको भए धेरै कुरा क्लियर हुन्थ्यो । उहाँहरुले पनि भन्न पाउनुहुन्थ्यो ।’>
मन्त्री खड्काले शिक्षकहरुको मागबारे समग्रतामा समाधान निस्कने बताए । ‘शिक्षकहरुको मागमा समग्रतामा समाधान निस्कन्छ । पार्टीका तर्फबाट पनि यही कुरा नेताहरुले भनिदिनुस् । पहिला सहमति भएका कुराबाट सरकार पछि हट्दैन ।’>
उनले मुलुकको अर्थतन्त्रले तत्तकाल धान्न नसक्ने कुरा, आर्थिक बोझ हुने कुरा र संविधानले गरेको व्यवस्थाको प्रतिकुल हुने कुरामा सरकार त्यो ठाउँमा पुग्न नसक्ने बताए । ‘बाँकी कुरा खुला छलफल गरौ, कति ऐनमा आउला, कति नियमावलीमा आउला, कति कार्यविधि र कति परिपत्रमा आउला यो कुरा पहिला पनि भनेको हो । अहिले पनि त्यही कुरा खुला हृदयले कुरा भएको छ र आजबाट उपप्रधान तथा गृहमन्त्रीको नेतृत्वमा छलफल सुरु भएको छ । समाधान गर्न सरकारले अग्रसरता लिइरहेको छ’, कार्यवहाक प्रधानमन्त्री खड्काको भनाइ छ ।>
>
>>