मुख्य समाचार
अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही हुने | सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यले रवि लामिछानेलाई नागरिकताको मुद्दा हालियो: शंकर पोखरेल | अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमको कार्ययोजना तयार | नेप्सेले तोड्नै सकेन छ महिना अघिको उचाई, २१९६ मा कडा प्रतिरोध | गृह मन्त्रालयबारे गठबन्धनमा छलफल जारी, रास्वपालाई दिन माओवादीको आनाकानी | नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्छु : स्वास्थ्यमन्त्री गिरी | सुमन सायमीको आरोप : बालेन शाह पहिलेका शासक भन्दा पनि निरंकुश | नेपाली महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त | रविलाई फेरि सभापति बनाउने रास्वपाको तयारी, केन्द्रीय समिति बैठक बोलाइयो | रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता |

मनोरञ्जन १२ कार्तिक २०७९
कीर्तिमान बनाउदै कन्नड फिल्म कान्तारा

ओमकार टाइम्स

कान्ताराले दिनहुँ नयाँ कीर्तिमान बनाइरहेका छन् । अब यो हालै केजीएफ च्याप्टर १ लाई उछिन्दै कन्नड उद्योगको दोस्रो सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ। हालै फिल्मले विश्वभर २५० करोड भारुको कलेक्सन गरेको छ । कान्तारा अघि केजीएफ च्याप्टर १ र केजीएफ च्याप्टर २ ले मात्र २५० करोड भारु कमाएको थियो ।

अब समग्र आम्दानीको हिसाबले केजीएफ च्याप्टर २ मात्र कान्ताराभन्दा अगाडि छ । केजीएफ च्याप्टर २ को कीर्तिमान तोड्न लगभग असम्भव हुने भए पनि सानो बजेटको फिल्म भए पनि यति ठूलो कलेक्सन गर्नु आफैमा कीर्तिमान हो । ऋषभ शेट्टी स्टारर फिल्मले हालै २५० करोडको आँकडा पार गरेको छ, अहिले फिल्मको कुल कमाई लगभग २५१ करोड भारु पुगेको छ, जुन केजीएफ च्याप्टर १ भन्दा बढी हो। जब कान्तारा रिलिज भयो त्यतिबेला यसको कमाई निकै सुस्त थियो तर बिस्तारै फिल्म कमाईको हिसाबले अगाडि बढ्यो ।

आईएमडीबीमा उत्कृष्ट रेटिङ प्राप्त गर्ने सन्दर्भमा कान्तारा पहिलो साबित भएको छ । ईएमडीबीमा उत्कृष्ट रेटिङ प्राप्त गर्ने सर्वोत्कृष्ट भारतीय चलचित्र बनेको कान्ताराले यहाँ पनि कीर्तिमान बनाएको छ । यसअघि यो कीर्तिमान केजीएफ २ को नाममा थियो ।

कन्नड भाषामा फिल्मको दमदार प्रदर्शन देखेर फिल्मका निर्माताले अन्य भाषामा पनि रिलिज गरेका छन् । फिल्मले अहिलेसम्म हिन्दी भाषामा मात्रै ३१.७ करोड रुपैयाँ कमाएको छ, यो संख्या हालै रिलिज भएका धेरै हिन्दी फिल्मको कलेक्शनभन्दा बढी हो । हिन्दी बाहेक, यसलाई तमिल र तेलुगुमा पनि डब गरिएको छ।दैनिक भास्कर

प्रतिक्रिया

सम्बन्धित समाचार