मुख्य समाचार
गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा | झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण | सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ | मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन | नेपाल र स्कटल्यान्ड भिड्दै खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट | गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्यावको निधन | कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु | लुम्बिनी केबुलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्दै | असार १ देखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध | सिएनएनका सीईओ क्रिस लिच्टले दिए राजीनामा |

कला २६ माघ २०७९
नीर शाहद्वारा चलचित्र विकास बोर्डको सल्लाहकार संयोजकबाट राजीनामा

ओमकार टाइम्स

चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहसहित दुई सदस्यले राजीनामा दिएका छन् । बोर्डका सदस्य सचिव तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टंकबहादुर महतका अनुसार बुधबार बेलुका शाह र सदस्य सुशान्तकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।

अर्का सदस्य तथा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको राजीनामा आएको साता नबित्दै संयोजक समेत रहेका शाहको राजीनामा आएको हो । अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए ।

सदस्य सचिव महतले भने, ‘सक्रिय भूमिका निर्वाह गर्न नसकिएको कारण देखाउँदै उहाँले राजीनामा दिनुभएको छ । कानूनीरुपमा पनि सल्लाहकार समिति भन्ने छैन । सम्भवतः उहाँले सक्रिय हुन नसकेको महसुस गर्नुभएकाले राजीनामा दिनुभएको होला ।’

अनलाइनखबरसँग कुरा गर्दै शाहले पनि कार्यव्यस्तताको कारण आफूले राजीनामा दिएको बताए । आफू केशव भट्टराईको पालादेखि नै सदस्य रहिआएको बताउँदै शाहले वर्तमान अध्यक्ष केसीले सल्लाहकार समितिमा धेरै मान्छे राखेकोप्रति असन्तुष्टि व्यक्त गरे । शाहसहित सुशान्त र रविन्द्रको राजीनामा पत्रमा उल्लेख भएअनुसार सल्लाहकार समितिको सल्लाहलाई बोर्डले ध्यान नदिएको उल्लेख छ ।

प्रतिक्रिया