समाचार राजनीति २३ मंसिर २०७९
निर्वाचनको समीक्षा र समानुपातिक उम्मेदवार टुंग्याउन राप्रपा कार्यसम्पादन समितिको बैठक तय

ओमकार टाइम्स

 राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शनिबार केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बोलाइएको हो ।बैठकमा निर्वाचन आयोगको समीक्षा, समानुपातिक उम्मेदवार चयन, समसामयिक राजनीतिक परिवेश र सरकारमा सहभागितालगायतका विषयमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बैठकमा आयोगले उपलब्ध गराएको समयसीमभित्र प्रतिनिधिसभा तर्फको ७ र विभिन्न प्रदेशसभातर्फको १७ समानुपातिक सदस्य टुंगो लगाउनेछ । राप्रपाले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ सीट जितेको छ ।

प्रतिक्रिया