मुख्य समाचार
सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ | मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन | नेपाल र स्कटल्यान्ड भिड्दै खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट | गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्यावको निधन | कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु | लुम्बिनी केबुलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्दै | असार १ देखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध | सिएनएनका सीईओ क्रिस लिच्टले दिए राजीनामा | तीन दिनदेखि रुसमा फसेका एअर इन्डियाका यात्रु अमेरिका प्रस्थान | जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइयो |

समाचार १२ जेठ २०८०
मन्त्री ज्वालाद्वारा नागढुङ्गा सुरुङमार्गको अनुगमन

रासस

काठमाडौँ ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले आज नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ । उक्त टोलीले आजै नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाको कामका बारेमा समेत स्थलगत अनुगमन गरिरहेको छ । टोलीले मुग्लिनसम्म पुगेर सडकको अवस्थाबारे जानकारी लिने बताइएको छ । अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको समेत सहभागिता रहेको छ । 

सो क्रममा मन्त्री ज्यावाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका थिए । सुरुङमार्गको मुख्य टनेल छ सय मिटर र रेस्क्यु टनेल दुई सय मिटर खन्न बाँकी छ । आउँदो दशैँसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ । आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको सुरुङमार्गको कन्सल्ट्यान्टतर्फका इञ्जीनियर रमेश कोइरालाले जानकारी दिए ।

सुरुङमार्गको २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ । यहाँ नौ मिटर र चार मिटरका दुई सुरुङ निर्माण भइरहेका छन् । कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि एक वर्ष थपिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार