समाचार २३ चैत्र २०७९
ट्राफिक प्रहरी कार्यालयमा इन्टरनेट अवरुद्ध हुँदा सेवा प्रभावित

ओमकार टाइम्स

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा इन्टरनेट सेवा अवरुद्ध भएको छ। इन्टरनेट अवरुद्ध भएपछि सेवा प्रभावित भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार इन्टरनेट सेवा अवरुद्ध भएका कारण विभिन्न कसुरमा कारबाहीका लागि खिचिएका कागजपत्र वितरणमा प्रभाव परेको छ।इन्टरनेट सेवा सुचारु भएर/नभएको जानकारी १०३ मार्फत लिएर मात्र कागजपत्र लिन जान सम्बन्धित सवारी चालक धनीहरूलाई कार्यालयले आग्रह गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार