मुख्य समाचार
नेपाल र स्कटल्यान्ड भिड्दै खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट | गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्यावको निधन | कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु | लुम्बिनी केबुलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्दै | असार १ देखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध | सिएनएनका सीईओ क्रिस लिच्टले दिए राजीनामा | तीन दिनदेखि रुसमा फसेका एअर इन्डियाका यात्रु अमेरिका प्रस्थान | जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइयो | जिल्ला अदालत धादिङले हत्या तथा मानव बेचबिखन मुद्दाका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा | नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजबाट सुरु |

कला १२ माघ २०७९
शाहरूख खानको फिल्म 'पठान' ले पहिलो दिन कति कमायो?

ओमकार टाइम्स

बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म 'पठान' ले बक्स अफिसमा आक्रमक ओपनिङ गरेको छ। 

फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन ५५ करोड भारूको ओपनिङ गरेको छ। भारतीय बजार विश्लेषक तथा समीक्षक तरण आदर्शले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। 

उनका अनुसार सार्वजनिक विदा नभएको दिन पनि फिल्मले सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ। 

‘पठान’ ले ‘केजिएफ २’ लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो। ‘केजिएफ २’ को हिन्दी संस्करणले ५३ करोड ९५ लाख भारू कमाएको थियो।

‘पठान’ यशराज ब्यानरबाट बनेको फिल्ममा सर्वाधिक ओपनर फिल्म हो। यसै ब्यानरबाट बनेको फिल्म ‘वार’ ले ५१ करोड ६० लाख भारू कमाएको थियो। 

विभिन्न रेकर्ड राखिरहेको ‘पठान’ दोस्रो दिन भारतको गणतन्त्र दिवसको अवसरमा अझै बढी कमाउने फिल्मकर्मीको अपेक्षा छ। उनीहरूका अनुसार दुई दिनमा फिल्मले १ सय करोड सजिलै कमाउने छ। 

भारतमै ५५ करोड भारू कमाएको फिल्मले विश्वभरबाट १ सय करोड बढी कमाएको अनुमान छ। 

‘पठान’ प्रदर्शन हुनुअघि बहिष्कार गर्न माग उठिरहेको थियो। तर फिल्म प्रदर्शन भएपछि दर्शकको राम्रो साथ पाइरहेको छ।

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

‘पठान’मा शाहरूख र दीपिका पादुकोणसँगै जोन अब्राहमको पनि मुख्य भूमिका छ। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गर्दैछन्। 

शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। यस फिल्ममा सलमान खान केमियो भूमिकामा देखिने चर्चा छ। 

निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार