मुख्य समाचार
शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | ‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’ | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह |

समाचार १३ फाल्गुन २०७९
नयाँ समीकरण र राप्रपाको निर्णयले प्रदेश १ सरकार संकटमा

ओमकार टाइम्स

 केन्द्रमा जस्तै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए दुई महिना नपुग्दै हिकमत कार्की नेतृत्वको प्रदेश १ सरकार संकटमा पर्ने देखिएको छ ।केन्द्रीय सत्ता समीकरण फेरिँदा माओवादीले एमाले नेतृत्वको सरकारलाई समर्थन दिने सम्भावना कम रहेको छ । माओवादीले समीकरण फेरेको अवस्थामा राप्रपा पनि सरकारबाट बाहिरिए एमालेको सरकार ढल्ने छ ।

प्रदेश १ मा राप्रपाको ६ सिट रहेको छ । ६ सिट भएको राप्रपाबाट भक्ति सिटौला कृषि तथा सहकारी मन्त्री छन् ।

मन्त्री सिटौलाले केन्द्रीय नीति अनुसार पार्टी चलेपनी प्रदेश १ मा फरक परिस्थिति आउन सक्ने बताए । उनले भने, ‘यहाँ हामी सँगै मिलेर चुनाव लडेका हौ यहाँको अवस्था फरक हुन सक्छ ।’

गत पुस २४ गते हिकमत कार्कीको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा माओवादी केन्द्र, राप्रपा र जसपा सरकारमा सहभागी छन् । नेकपा एमालेको ४० सिट रहेको छ । नेकपा माओवादी १३ सिट, राप्रपा ६ सिट रहेकोमा जसपा को१ सिट रहेको छ ।

प्रदेश १ मा बहुमत पुर्‍याउन ४७ सिट आवश्यक पर्छ । जसपा र राप्रपाले अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता नलिए प्रदेश १ को सरकार ढल्ने अवस्था देखिँदैन ।

केन्द्रीय समीकरण अर्कै मोडमा गएकोले जसपाले एमालेलाई साथ दिने सम्भावना कमजोर देखिएको छ। अहिलेको सरकार ढल्दा प्रदेश नम्बर १ मा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार