समाचार १२ जेठ २०८०
सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको समाचार कपोकल्पित तथा आधारहीन :डा. ढाकाकुमार श्रेष्ठ

ओमकार टाइम्स

काठमाडौँ  । डा. ढाकाकुमार श्रेष्ठले केही अनलाइन मिडियाहरूले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको समाचार सम्प्रेषण भएकोमा आपत्ति जनाएका छन् । ती समाचार कपोकल्पित तथा आधारहीन रहेको बताउँदै श्रेष्ठले गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । 

उनले सो विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको दाबी गरेका छन्  । उनले भने, ‘मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु । साथै निष्पक्ष र स्वतन्त्र पत्रकारिताको धर्मलाई निर्वाह गरी आधारहीन समाचारलाई सम्प्रेषण नगर्न समेत सम्बन्धित मिडियाहरूको ध्यानाकर्षण गराउन चाहन्छु ।’





प्रतिक्रिया

सम्बन्धित समाचार