मुख्य समाचार
मेयर बालेन शाहको फेसबुकबाट हटेको पोस्ट फिर्ता आयाे | अनलाइन सट्टेवाजमा संलग्न दुई युवक पक्राउ | एन्फा महिला लिग: एपीएफसँग आर्मी पराजित | एनजीओको कार्यक्रममा सहभागी हुन उपेन्द्र यादव आज नयाँ दिल्लीमा | बलिउड चलचित्र स्त्री २ ओटीटी प्लेटफर्ममा रिलिज हुने | रौतहटमा एक युवकको शव फेला | डोनाल्ड ट्रम्पलाई सजाय निर्धारण नोभेम्बरमा अमेरिकी राष्ट्रपति चुनावसम्म स्थगित | हलेसी मन्दिर प्रवेशद्वार र ढुङ्गे बगैँचा जाने कच्ची सडक ढलान गरिँदै | जनावर तथा चराको सम्पर्कमा नआइकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण | चीनको हाइनानमा शक्तिशाली समुद्री आँधी आउदा २ जनाकाे मृत्यु |

खेल २६ श्रावण २०८१
पारो फुटबल क्लव एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न काठमाडौंमा

ओमकार टाइम्स

भूटानको लिग च्याम्पियन पारो फुटबल क्लव एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न शनिवार बिहान नेपाल आइपुगेको छ ।

चर्च ब्वाइज युनाइटेड क्लबका अध्यक्ष रुबेन राई र पदाधिकारीहरूको टिमलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको हो । पारो एफसी यो पटक निकै प्रभावशाली रहने अनुमान गरिएको छ ।

उसले जापानका स्टार केसुके होन्डालाई टिममा भित्राएको छ । होन्डाले तािन पटक विव कप खेलिसकेका छन् । उनी एशियाकै स्टार खेलाडी हुन् । होन्डाको आगमनसँगै टिम मजबुत बनेको टिमको बुझाई छ ।

होन्डा मात्र होइन यो पटक पारो कुल १२ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ । क्लवले गरेको लगानी अत्याधिक छ । यही कारण टिमलाई जित्नै पने दबाब समेत रहेको छ ।

तयारी पनि उत्कृष्ट रहेको र होन्डाको आगमनले टिम आत्मविश्वासी रहेको र उनकै वरिपरि रहेर टिम तयार पारिएको प्रशिक्षक पुष्पलाल शर्माले बताए ।

गत वर्ष पनि पारो एफसी कप छनौट खेल्न नेपाल आएको थियो । त्यतिखेर मच्छिन्द्र क्लवसँग पारजित भएको थियो । यो पटक भने टिम पेपरमा निकै मजबुत देखिएको छ । खेल मंगलवार दशरथ रंगशालामा साँझ ६ बजे हुनेछ ।

प्रतिक्रिया