कर्नाटकको बिदरमा ट्रक र अटो रिक्सा ठोक्किँदा ७ जना महिलाको मृत्यु भएको छ । भने अन्य ६ जना घाइते भएका छन् । बेमलखेडा गाउँ नजिकै भएको दुर्घटनाका घाइतेलाई बिदर अस्पताल लगिएको बिदर प्रहरीले जनाएको छ ।>
बुढामनहल्ली गाउँपालिकाका महिला मजदुर काम सकेर घर फर्किरहेका बेला सो दुर्घटना भएको हो । घटनाबारे बेमलखेडा प्रहरी चौकीमा उजुरी परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी छ ।>>