मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

अन्तर्राष्ट्रिय २४ जेठ २०८०
विवादास्पद नक्साबारे बंगलादेशले भारतसँग स्पष्टीकरण माग्ने

ओमकार टाइम्स

ढाका । भारतले आफ्नो संसद् भवनमा राखेको विवादास्पद नक्सालाई लिएर बंगलादेशको सरकारले भारतीय विदेश मन्त्रालयसँग प्रष्टीकरण माग्ने भएको छ । यसका लागि सरकारले आफ्नो भारतीय मिसनलाई निर्देशन दिएको हो ।

बंगलादेशका विदेश राज्यमन्त्री सहरियार आलमले ढाकामा पत्रकारसँग कुरा गर्दै अवामी लिगको सरकार नेपाल र पाकिस्तानमा समेत विरोध भइरहेको नक्शाबारे प्रष्टीकरण माग्ने प्रक्रियामा रहेको बताए । बंगलादेशको विपक्षी बंगलादेश नेसनालिस्ट पार्टीले भारतीय नक्सा आफ्नो देशको सार्वभौमिकता र स्वतन्त्रताका लागि चुनौतीका हुन सक्ने भन्दै विरोध जनाएको थियो ।

‘यो नक्सालाई लिएर व्यापकरुपमा आक्रोश छ । यो राखिएको कुरामा कुनै सन्देह छैन । यद्यपि, थप प्रष्टीकरणका लागि हामीले दिल्लीस्थित मिसनलाई भारतीय विदेश मन्त्रालयसँग कुराकानी गर्न आग्रह गरेका छौँ । उनीहरूको प्रष्टीकरण आएपछि थप निर्णय लिइनेछ,’ ढाका ट्रिवुनले आलमलाई उद्धृत गर्दै लेखेको छ ।

गत २८ मेमा भारतीले प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको उद्घाटन गरेका थिएँ, जहाँ राखिएको मुरल नक्साले नेपालमा पनि विरोध उत्पन्न गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणमा यो विषयमा गम्भीरतापूर्वक कुरा नउठाएको भनेर संसदमा समेत आलोचना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार