मुख्य समाचार
११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ, दावाको निर्देशनमा ल्याइँदै थियो सुन | काठमाडौँमा दिउँसै लाखौँको चोरी | पहिरोका कारण विभिन्न स्थानमा सडक अवरोध | तनहुँमा ११ वर्षीया बालिका बलात्कृत | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक अमेरिकी नागरिक पक्राउ | गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती | बझाङमा २२ घण्टामा चार रेक्टर स्केलमाथिका ११ भूकम्प | चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलमा नेपाल भारतसँग पराजित | नेपालगञ्जमा आज पनि कर्फ्यू कायमै | पतिका हत्यारा गुण्डा नाइके रिगललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारतीको रिले अनसन शुरु |

खेल २५ भाद्र २०८०
रोकिएकै अवस्थाबाट अगाडि बढ्नेछ भारत—पाकिस्तान खेल, वर्षाले बिथोल्ने सम्भावना कायमै

ओमकार टाइम्स

काठमाडौँ । एसिया कप क्रिकेटको ‘सुपर फोर’ चरणमा सोमबार भारत र पाकिस्तान पुनः भिड्दै छन् । भारत र पाकिस्तानबीच आइतबार भएको खेल वर्षाका कारण स्थगित भएको थियो । सोही खेल पुनः सोमबार खेलिन लागेको हो । 

जारी एसिया कपमा श्रीलङ्कामा खेलाइएको अधिकांश खेल वर्षाका कारण प्रभावित भएपछि एसियाली क्रिकेट काउन्सिल (आईसीसी) ले भारत र पाकिस्तानबीचको ‘सुपर फोर’ चरणको खेलका लागि ‘रिजर्भ डे’ को व्यवस्था गरेको थियो । 

यसअघि समूहगत चरणमा पनि भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो । ‘सुपर फोर’ चरणमा आइतबार पाकिस्तानले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको थियो । पाकिस्तानको उक्त निर्णयपछि ब्याटिङ गर्न आएका भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो ।

त्यसपछि वर्षाका कारण खेल रोकिएको थियो । लामो समय प्रतीक्षा गर्दा पनि वर्षा नरोकिएपछि उक्त खेल सोमबारका लागि सारिएको थियो । आइतबार खेल स्थगित हुँदा भारतका लागि विराट कोहली अविजित आठ र केएल राहुल अविजित १७ रन बनाउँदै क्रिजमा थिए ।

त्यसअघि ओपनर ब्याट्सम्यान रोहित शर्मा र शुभमन गिलले भारतका लागि एक सय २१ रनको साझेदारी गरेका थिए । कप्तान रोहित शर्मा ५६ रन बनाउँदै पहिलो विकेटका रूपमा पेभेलियन फर्किएका थिए । उनले ४९ बलको सामना गरी चार छक्का र ६ चौका हिर्काएका थिए ।

यसैगरी शुभमन गिल ५८ रन बनाउँदै दोस्रो विकेटका रूपमा पेभेलियन फर्किएका थिए । उनले ५२ बलको सामना गरी १० वटा चौका हिर्काएका थिए । आइतबार रोकिएकै अवस्थाबाट सोमबारको खेल अगाडि बढाइने छ । 

श्रीलंकाको राजधानी सहर कोलम्बोस्थित आर. प्रेमादासा रङ्गशालामा सोमबार पनि वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । अहिले पनि कोलम्बोको ९५ प्रतिशत आकाश बादलले ढाकिएको छ । सोमबारको खेल नेपाली समयअनुसार, दिउँसो ३ः१५ बजे सुरु हुनेछ । त्यतिबेला वर्षाको प्रबल सम्भावना रहेको बताइएको छ ।

‘सुपर फोर’ चरणको सहभागी चारवटै टोलीले एकअर्कासँग एक—एक खेल खेल्नेछन् । यस आधारमा ‘सुपर फोर’ चरणमा प्रत्येक टोलीले तीन खेल खेल्नेछन् । त्यसपछि अंक तालिकाको सबैभन्दा माथि रहने दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । 

हाल एक खेल खेलेको पाकिस्तान दुई अंकसहित तालिकाको पहिलो स्थानमा छ । एक खेल खेलेको श्रीलंका दुई अंकसहित दोस्रो स्थानमा छ । भारतले हालसम्म एक खेल पनि खेलेको छैन । बङ्गलादेश भने आफूले खेलेको दुवै खेलमा पराजित भएको छ ।

प्रतिक्रिया