मुख्य समाचार
एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ मा | सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ? | हल्दिबारीका विपन्न नागरिकलाई एम्बुलेन्स सेवा निःशुल्क | प्रधानमन्त्रीको चीन भ्रमणमा सहभागी हुने इप्पान प्रतिनिधि मण्डल चीन प्रस्थान | गणतान्त्रिक योध्दा खेमराज भट्ट मायालुको निधन | जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु | बाँकेको जयेन्दु बाल सुधार गृहमा झडप, १ जनाको मृत्यु, १० जना घाइते | आन्दोलनरत शिक्षक र सरकारबीच वार्ताको तयारी | शिक्षकहरूले अघि सारेको यी माग : जो सम्बोधन गर्न संविधानै संशोधन गर्नुपर्छ | मलङ्गवामा दुई समुदायबीच फेरि झडप, निषेधाज्ञा जारी |

अर्थतन्त्र १० भाद्र २०८०
राष्ट्र बैंकले आज १० अर्बको ऋणपत्र जारी गर्ने

ओमकार टाइम्स

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र आज जारी गर्ने भएको छ। सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो।

बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन्। यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामकबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ। यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ।

भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ। अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ । घटीमा पचास हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ।

यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन्।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले प्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन्। यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुनेछ ।

प्रतिक्रिया