अन्तर्राष्ट्रिय ३० भाद्र २०८०
लिबियामा बाढीका कारण ३८ हजार ६४० जना विस्थापित

एजेन्सी

एजेन्सी । भूमध्यसागरीय आँधी डेनियलका कारण आएको बाढीले उत्तरपूर्वी लिबियामा ३८ हजार ६४० जना बिस्थापित भएका छन् । 

बाढीले करिव ५ हजार घरमा क्षति पुर्याएको र खानेपानी, विद्युत र अत्यावश्यक सामग्री आपूर्तिमा पनि समस्या भएको बताइएको छ । प्रभावित क्षेत्रमा पिउने पानीको अभाव भएको बताइएको छ ।

बाढीले अहिलेसम्म ५ हजार ५ सय जनाको मृत्यु भइसकेको छ भने १० हजार मानिस बेपत्ता भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार