मुख्य समाचार
जिल्ला अदालत धादिङले हत्या तथा मानव बेचबिखन मुद्दाका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा | नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजबाट सुरु | प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी | सिंगापुर जाने सपना तर विडम्बना चार महिनादेखि काठमाडौंमा बन्धक | पदबहाली गरेको पाँच महिनाभन्दा बढी तर, उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् | एसइई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी | भारतबाट मुर्रा राँगा नेपाल ल्याइने भएपछि पशु वैज्ञानिक उत्साहित | आजको विदेशी मुद्राको विनिमय दर | पहाडी क्षेत्रमा हल्का वर्षा, तराईमा आगामी पाँच दिन लू चल्ने | आजको राशिफल : २०८० साल जेठ २५ गते बिहीबार |

समाचार कला २७ माघ २०७९
‘भगवत् गीता’को छायांकन सुरु

ओमकार टाइम्स

 विपिन कार्की, धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहने सिनेमा ‘भगवत् गीता’को छायांकन सुरु भएको छ ।झरना थापाले निर्देशन गर्ने सिनेमा छायांकनमा जान लामो समय लाग्यो । अन्ततः शुक्रबार जनकपुरधामको राम मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गरेपछि निर्माण पक्षले छायांकन सुरु गर्यो ।

जनकपुरपछि सिनेमाको बाँकी छायांकन काठमाडौँ र मनाङमा गरिनेछ । जनकपुरमा लामो समय लगाएर क्लाइमेक्स र अन्य दृश्य खिचिने बताइएको छ ।

प्रेमकथामा आधारित रहने सिनेमामा धिरज र सुहानाको जोडी बाँधिनेछ । पहिलो पटक स्क्रिन शेयर गर्न लागेको यो जोडीलाई लिएर दर्शक उत्साहित छन् ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा सुनिल कुमार थापाको निर्माण रहनेछ ।

संजय लामाले खिच्ने सिनेमामा प्रवेश मल्लिकको ब्याकग्राउन्ड स्कोर, रामजी लामिछानेको कोरियोग्राफी, काव्या थापाको शृंगार र शाहील खानको सम्पादन रहनेछ ।

त्रिनेत्रम डिष्ट्रिब्युसनले उपत्यका बाहिर र काव्या फिल्म्सले काठमाडौंमा यो सिनेमा वितरण गर्ने छन् ।

निर्देशक थापाले यसअघि ‘ए मेरो हजुर २’, ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ निर्देशन गरिसकेकी छन् ।

प्रतिक्रिया