मुख्य समाचार
सुदूरपश्चिमका मन्त्रीको स्वकीय सचिव भन्दै कर्मचारीसँग पैसा उठाउने एक जना पक्राउ | एसियाली खेलकुद : बास्केटबलमा जापानसँग हार्‍यो नेपाल | कोशी प्रदेशमा मन्त्रीमण्डल नौ सदस्यीय पुग्यो, आजै चार मन्त्री नियुक्त | कांग्रेस बैठकमा कार्यवाहक प्रधानमन्त्री : शिक्षकका सबै माग सम्बोधन हुन्छ | काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाखभन्दा बढीको चोरी | बुवाका यस्ता पाँच बानी जसले बनाउँछ छाेरालाई केयरिङ र उत्कृष्ट व्यक्ति | हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित | ओलीको दाबी : विरोधीले बुझे हुन्छ, एमालेले एकल बहुमत ल्याउँछ | राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन | केपी ओलीको प्रश्न : सय किलो सुन ६१ किलो कसरी भयो ? |

समाचार ३० फाल्गुन २०७९
उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध

ओमकार टाइम्स

 निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ। मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो।

निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ। उक्त आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ।

साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत/हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने आयोगले स्पष्ट पारेको छ।

निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयनपत्र दर्ता भई अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहनुभएको छ। प्रमिला कुमारीले आफ्नो समर्थन यादवलाई रहने घोषणा गरेकी छन्।

प्रतिक्रिया