काठमाडौँ । नेपाली सेनाले जनमुक्ति सेनाबाट नेपाली सेना बनेका यमबहादुर अधिकारीको पदावधि थप गरेको छ । सहायक रथीको विशेष पदमा कार्यरत अधिकारीको सैनिक ऐन तथा नियमावलीको आधारमा तीन वर्ष थप गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसबारेमा हालै बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक स्वीकृति समेत प्रदान गरिसकेको थियो । >
अधिकारीको पहिलो चार वर्षे पदावधि समाप्त हुने मिति भाद्र ३१ गतेबाटै लागु हुने र सहायक रथी दर्जाको विशेष पदलाई निरन्तरता दिने गरी दोस्रो पटक ३ वर्षको पदावधि थप भएको सेनाले जनाएको छ । >
पदावधि थप सम्बन्धी नियमित प्रक्रिया अनुरूप नै सैनिक ऐन तथा नियमावलीको आधारमा यो निर्णय भएको हो’, सेनाले भनेको छ। >
माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजन हुँदा अधिकारी महासेनानीको हैसियतले नेपाली सेनामा प्रवेश गरेका थिए । >
धादिङको मार्पाक घर भएका अधिकारी २०७६ असोज १ मा उनी सहायक रथीमा बढुवा भएका थिए । >
>
>
>
>>