समाचार २१ चैत्र २०७९
लघुवित्त संस्थाहरूले ज्यादती गरेको भन्दै पीडितहरूले काठमाडौंमा अनशन थाले

ओमकार टाइम्स

काठमाडौं । लघुवित्त संस्थाहरूले ज्यादती गरेको भन्दै पीडितहरूले काठमाडौंमा अनशन थालेका छन् ।लघुवित्तहरूले गरिब जनतालाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा मंगलबारबाट माइतीघरमा रिले अनशन सुरू गरिएको हो । उनीहरूले लघुवित्तलाई नव सामन्तीको संज्ञा दिँदै त्यस्ता संस्था खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका ५ बुँदे माग राखेका छन् ।

प्रतिक्रिया