राष्ट्रिय समाचार २८ असोज २०७९
इस्टर्न हाइड्रोपावरको आइपीओको आवेदन खुला

Omkar Times

इस्टर्न हाइड्रोपावर कम्पनीले शुक्रबार असोज २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्तासमेत थप गरी कुल ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गर्न लागेको हो । यसमध्ये ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
 
बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा कार्तिक १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कार्तिक १४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार