समाचार ९ पौष २०७९
गठबन्धन नछाड्न प्रचण्डलाई कांग्रेस नेता पौडेलको आग्रह

ओमकार टाइम्स

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न नेता पौडेल उनकै निवास खुमलटार पुगेका थिए । त्यस क्रममा उनले प्रचण्डलाई सत्तारुढ गठबन्धन नछोड्न आग्रह गरेका उनीनिकट एक नेताले जानकारी दिए ।

प्रचण्डले सत्तारुढ गठबन्धनको सरकार बन्दा पहिलो पालोमा आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने अडान राखिरहेका छन् । पौडेलले भने पहिलो पालोमै वा पछि जहिले भए पनि अहिलेको सत्तारुढ गठबन्धनबाटै प्रधानमन्त्री बन्न पाउने भन्दै गठबन्धन नतोड्न आग्रह गरेका पौडेलनिकट नेताले बताएका छन् ।

सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते अपरान्ह ५ बजेसम्मको समय दिएकी छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनबाट आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान राखेका छन् ।

प्रतिक्रिया