मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

अर्थतन्त्र २० पौष २०७९
सनराइज बैंकको किर्ते धन्दा

ओमकार टाइम्स

पटक पटक कारबाहीमा परेकाे सनराइज् बैंकले खराज कर्जामा किर्ते गरेको पाइएको छ । राष्ट्र बैंकलाई छलेर नियम विपरित कर्जाको प्रिमियमदर बढाएर ब्याज असुलको बाटो अपनाएको यस  बैंक राष्ट्र बैंककै कार्बाहीमा परेपछि आफूलाई सक्षम देखाउन खराव कर्जा लुकाउने अर्को प्रपन्च गरेको हो ।

बैंक व्यबस्थापनको असक्षमताका कारण बैंकको खराव कर्जा अनुपात करिव ४ प्रतिशत पुगेको छ । तर सिइओ शुमन शर्माले त्यसलाई ढककछोप गर्न लगाई २.९८ प्रतिशत मात्र देखाएका छन् । जथाभावि कर्जा परिचालन गरेपछि बैंक संकटतिर अघि बढेको छ । बैंकको खराव गतिविधि रोक्न नेपाल राष्ट्र बैंकले तीनमहिनामा ३ पटक उक्त बैंकलाई कार्वाही गर्नुपरेको छ ।

बैंकको नाफामा अत्याधिक गिरावट आएपछि सिइओ शुमन शर्मा अहिले तनाबमा छन् । यस बैंकको ६१ प्रतिशत भन्दा बढीले नाफा घटेको छ । २०७८ असोजसम्म १.१३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुमापत चालु आव २०७९ मा आइपुग्दा बढेर २.९८ प्रतिशत देखिएको छ । बैंकको प्रतिवेदनमा देखाइएको उक्त खराव कर्जा बैंकको नेतृत्वले घटाएर कम देखाउन लगाएको हो ।

नेपाल राष्ट्र बैंकबाट पटक पटक कारबाही

सनराइज् बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट सर्वाधिक कार्बाहीमा पर्ने बैंकको रुपमा रेकर्डेट भएको छ । विभिन्न समयमा विभिन्न असंबैधानिक कार्यमा संलग्न हुनुका साथै संचालक समिति अध्यक्षसँग प्रमुख कार्यकारी अधिकृतको साँठगाँठले बैंक संकटको दिशातिर अघि बढेको छ ।

चालु आर्थिक बर्षको  पहिलो त्रैमासमा यो बैंकलाई राष्ट्र बैंकले ३ पटक कारवाही गरिसकेको छ । पछिल्लो पटक नियम विपरित कर्जाको प्रिमियमदर बढाएर ब्याज असुल गरेपछि सनराइजलाई राष्ट्र बैंकले अर्को कार्बाही गर्नुपरेको हो ।

राष्ट्र बैंकबाट बित्तीय विवरण अस्वीकृत, लाभांश दिन असक्षम

हरेक बर्ष राष्ट्र बैंकको कारबाहीमा पर्ने गरेको सनराइज बैंकले यसपटक सेयरधनीको हात खाली बनाएको छ । शर्मा नेतृत्वको यस बैंकले लगानीकर्तालाई लाभांश समेत वितरण गर्न सकेन ।

बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गर्‍यो । सनराइज बैंकले आर्थिक वर्ष २०७७/७८ मा पनि जम्मा ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो ।

बैंकको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण र अनुसूचिहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएको छैन ।

प्रतिक्रिया