मुख्य समाचार
अनलाइन सट्टेवाजमा संलग्न दुई युवक पक्राउ | एन्फा महिला लिग: एपीएफसँग आर्मी पराजित | एनजीओको कार्यक्रममा सहभागी हुन उपेन्द्र यादव आज नयाँ दिल्लीमा | बलिउड चलचित्र स्त्री २ ओटीटी प्लेटफर्ममा रिलिज हुने | रौतहटमा एक युवकको शव फेला | डोनाल्ड ट्रम्पलाई सजाय निर्धारण नोभेम्बरमा अमेरिकी राष्ट्रपति चुनावसम्म स्थगित | हलेसी मन्दिर प्रवेशद्वार र ढुङ्गे बगैँचा जाने कच्ची सडक ढलान गरिँदै | जनावर तथा चराको सम्पर्कमा नआइकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण | चीनको हाइनानमा शक्तिशाली समुद्री आँधी आउदा २ जनाकाे मृत्यु | सलमानको सुरक्षा गर्दै आएका शेरा भन्छन्– म बाहेक भाइलाई कसैले सम्हाल्न सक्दैन |
मुख्य समाचार
अनलाइन सट्टेवाजमा संलग्न दुई युवक पक्राउ | एन्फा महिला लिग: एपीएफसँग आर्मी पराजित | एनजीओको कार्यक्रममा सहभागी हुन उपेन्द्र यादव आज नयाँ दिल्लीमा | बलिउड चलचित्र स्त्री २ ओटीटी प्लेटफर्ममा रिलिज हुने | रौतहटमा एक युवकको शव फेला | डोनाल्ड ट्रम्पलाई सजाय निर्धारण नोभेम्बरमा अमेरिकी राष्ट्रपति चुनावसम्म स्थगित | हलेसी मन्दिर प्रवेशद्वार र ढुङ्गे बगैँचा जाने कच्ची सडक ढलान गरिँदै | जनावर तथा चराको सम्पर्कमा नआइकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण | चीनको हाइनानमा शक्तिशाली समुद्री आँधी आउदा २ जनाकाे मृत्यु | सलमानको सुरक्षा गर्दै आएका शेरा भन्छन्– म बाहेक भाइलाई कसैले सम्हाल्न सक्दैन |

२६ श्रावण २०८०
१३ जिल्लाका गाईभैसीलाई लम्पी स्कीन रोग विरुद्ध खोप

ओमकार टाइम्स

मकवानपुर । बागमती प्रदेशमा लम्पी स्कीन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु गरिएको छ । बिहीबारबाट सुरु भएको खोप अभियान अन्तर्गत प्रदेशका १३ जिल्लाका गाईभैसीलाई लम्पी स्कीन रोग विरुद्ध खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहीबार प्रदेशका ४ हजार ४६७ गाईभैसीमा रोग विरुद्धको खोप लगाइएको छ। अभियान अन्तर्गत पहिलो दिन प्रदेशको १३ जिल्ला मध्ये सबैभन्दा बढी चितवनमा १ हजार १६ गाईभैसीमा लम्पी स्कीन रोग विरुद्धको खोप लगाइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए ।

उनका अनुसार अभियान अन्तर्गत मकवानपुरमा ७२४ पशुहरुमा खोप लगाइएको छ भने सिन्धुपाल्चोकमा २७५, रामेछापमा २४२, रसुवा ७५, नुवाकोट १९८, काभ्रेमा ६९८, धादिङमा १८१, भक्तपुरमा २०७, ललितपुरमा ११९, काठमाडौं ३७९ र सिन्धुलीमा ३५३ पशुमा लम्पी स्कीन रोग विरुद्धको खोप लगाइएको छ ।

दोलखामा भने खोप अभियान अन्तर्गत खोप लगाउने कार्यक्रम सुरु भएको छैन । अभियान अन्तर्गत सो जिल्लाहरुको गाईभैसी, गोरु, साँढे, राँगा, पाढापाढी र बाच्छाबाच्छीलाई खोप लगाइएको उनले बताए । उनका अनुसार चितवनमा ७१९ गाई, १०४ बाच्छाबाच्छी २६ साँढे, १५७ भैसी र १० पाढापाढीमा रोग विरुद्ध खोप लगाइएको छ भने सिन्धुपाल्चोकमा ११५ गाई, १४९ गोरु र ११ भैसीलाई रोग विरुद्धको खोप लगाइएको छ ।

त्यस्तै रामेछापमा ११७ गाई, ९ बाच्छाबाच्छी, साँढे ९६, भैंसी १४ र ६ पाढापाढीमा खोप लगाइएको छ । काभ्रेमा २२२ गाई, बाच्छाबाच्छी २२, गोरु ९७, भैसी २४०, राँगा १२ र पाढापाढी १०५ मा खोप लगाइएको छ । धादिङमा १०२ गाई, ६३ बाच्छाबाच्छी र १६ गोरुमा खोप लगाइएको छ । 

भक्तपुरमा १५३ गाई, ३५ बाच्छाबाच्छी, १५ भैसी र ४ पाढापाढीमा खोप लगाइएको छ । ललितपुरमा ८९ गाई, १२ बाच्छाबाच्छी, १२ भैसी र ६ पाढापाढीमा खोप लगाइएको छ । काठमाडौं ३१७ गाई, ४१ बाच्छाबाच्छी, १२ भैसी र ९ पाढापाढीमा खोप लगाइएको छ । सिन्धुलीमा १८८ गाई, ७६ बाच्छाबाच्छी, ७४ साँढे, ११ भैसी र ४ पाढापाढीमा खोप लगाइएको छ ।

खोप अभियान अन्तर्गत ५० हजार पशुमा लम्पी स्कीन रोग विरुद्धको खोप लगाइने उनले बताए । प्रदेशका सम्बन्धीत जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुबाटसुरु गरिएको खोप अभियान साउन ३२ गतेसम्म संचालन हुने सूचना अधिकारी अधिकारीले बताए ।

प्रदेशमा तीव्र रुपमा फैलिएको लम्पी स्किन रोगको नियन्त्रण तथा रोकथामका लागि अभियान अभियान अन्तर्गत खोप लगाइने उनको भनाई छ । प्रदेशमा १० लाख ९९ हजार ५६० गाई र ८ लाख ९६ हजार २१३ भैँसी रहेको र वार्षिक ४ लाख ५५ हजार १४१ मेट्रिक टन दूध उत्पादन हुने गरेको र लम्पी स्किन रोगको संक्रमणका कारण गाईभैंसी प्रभावित भई दूध उत्पादनमा ८० प्रतिशतसम्म कमी आउने गरेको उनले बताए ।

हाल प्रदेशमा लम्पी स्किन रोगबाट संक्रमित पशुको बिरामी हुने दर १०.२७ प्रतिशत रहेको उनको भनाई छ । त्यस्तै संक्रमणबाट मृत्यु हुने पशुको संख्या ३.१ प्रतिशत छ ।

लम्पी स्किन रोगबाट बागमती प्रदेशका १३ जिल्लामा ६ हजार २९१ गाईभैंसीको मृत्यु भएको छ भने १ लाख १० हजार ४४० संक्रमित भएका छन् । रोगबाट १३ जिल्लाका २ लाख ४ हजार ९८८ पशु प्रभावित भएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार