अपराध २३ पौष २०७९
रुपन्देहीमा बलात्कार प्रयास गरेको आरोपमा २ जना पक्राउ

ओमकार टाइम्स

रुपन्देही । रुपन्देहीमा सुस्त मनस्थिति भएकी महिला र १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने दुई जना पक्राउ परेका छन्। शारीरिक रुपमा अपांगता भएकी र सुस्त मनस्थितीकी २३ वर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा कञ्चन गाउँपालिका-३ का ३० वर्षीय राजेन्द्र अधिकारी पक्राउ परेका हुन्।

उनले यही पुस २१ गते साँझको समयमा ती महिला घरमा एक्लै भएको बेला शौचालयमा लगी जबरजस्ती करणी गर्न खोजेको आरोप छ। अधिकारीविरुद्ध जबरजस्ती करणी कसुरअन्तरगत अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लालझण्डीले जनाएको छ। यस्तै, १५ वर्षीया बालिकालाई करणी गर्न खोजेको आरोपमा सैनामैनाका २५ वर्षीय मधु सोमरे पक्राउ परेका छन्।

बालिका घरमा एक्लै भएको बेलामा मधुले आगो ताप्ने बहानामा जबरजस्ती करणी गर्न खोजेको प्रहरीले जनाएको छ। उनीविरुद्ध जवरजस्ती करणी उद्योग कसुरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार