मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

१३ माघ २०७९
एक दिनमा सय करोड कमाउने पहिलो हिन्दी फिल्म बन्यो 'पठान'

ओमकार टाइम्स

बलिउड फिल्म 'पठान' ले एक दिनमा सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ।

भारतीय बजार विश्लेषक तथा समीक्षक तरण आदर्शका अनुसार फिल्मले प्रदर्शनको पहिलो दिन विश्वव्यापी रूपमा १०६ करोड भारू कमाएको छ। उनले ट्वीट गर्दै उक्त जानकारी दिएका हुन्। 

बिदा नभएको दिन पनि फिल्मले सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ। 

बुधबार प्रदर्शन भएको फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन ५५ करोड भारूको ओपनिङ गरेको थियो। यो हिन्दी संस्करणको मात्रै कमाइ हो। 

यसले ‘केजिएफ २’ लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो। ‘केजिएफ २’ को हिन्दी संस्करणले प्रदर्शनको पहिलो दिन ५३ करोड ९५ लाख भारू कमाएको थियो।

‘पठान’ले तमिल र तेलुगु संस्करणमा दुई-दुई करोड भारू कमाएको छ।

कलेक्सनको तुलनामा ‘पठान’ अहिले साउथ फिल्म ‘केजिएफ २’ र ‘आरआरआर’भन्दा पछाडि छ। तर हिन्दीमा फिल्ममा भने यसले अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङको कीर्तिमान बनाएको छ। 

रमेश बालाका अनुसार पहिलो दिन विश्वभर १०० करोड कमाउने भारतीय फिल्म: बाहुबली २, २.०, कबाली, साहो, आरआरआर, केजीएफ २ र पठान छन्।

यसरी हेर्दा यो लिस्टमा अधिकांश फिल्म साउथका छन्। तर 'पठान' एक मात्र बलिउड फिल्म हो जसले १०० करोडभन्दा बढी ओपनिङ कमाइ गरेको छ।

घरेलु बक्स अफिसमा पहिलो दिन ५९ करोड कमाएको ‘पठान’ को व्यापार दुई दिनमा करिब १२७ करोड पुगेको छ।

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

‘पठान’मा शाहरूख खान र दीपिका पादुकोण र जोन अब्राहमको पनि मुख्य भूमिका छ भने फिल्ममा सलमान खान केमियो भूमिकामा छन्। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गर्दैछन्। 

शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्।

प्रतिक्रिया