खेल २० पौष २०७९
म्याच फिक्सिङ हल्ला मात्र हो : क्यान

ओमकार टाइम्स

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी-२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्ला मात्र भएको जनाएको छ । क्यानले बुधबार वक्तव्य जारी गरेर उक्त हल्लाको खण्डन गरेको छ ।

क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्‍याउने गरी गरिएका यस्ता गतिविधि अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।’

म्याच फिक्सङ वा स्पट फिक्सिङबारे जानकारी भएमा प्रमाणसहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय र नेपाल टी-२० लिगको एन्टी करप्सन युनिटमा उजुरी बुझाउन पनि क्यानले आग्रह गरेको छ।

मिथ्या र भ्रामक सूचना नफैलाउन पनि कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा हस्ताक्षरित वक्तव्यमा आग्रह गरिएको छ।

प्रतिक्रिया