समाचार १२ फाल्गुन २०७९
बालुवाटार बैठकमा कांग्रेसको प्रस्ताव- राष्ट्रपति हामीलाई, एक वर्ष माधव नेपाल पनि प्रधानमन्त्री

ओमकार टाइम्स

पुरानो ५ दलीय गठबन्धनमध्ये ४ दलको बालुवाटार बैठकमा नेपाली कांग्रेसले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको छ ।चार दलका शीर्ष नेताहरूको बैठकमा कांग्रेसलाई राष्ट्रपति दिएर पाँच वर्षभित्रै एक वर्ष नेता नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको बैठकमा सहभागी एक नेताले बताए ।

ती नेताले भने, ‘अहिले सहमतीय रूपमा कांग्रेसबाट राष्ट्रपति बनाऔं । ५ वर्षभित्रमा एक वर्ष माधवजीलाई प्रधानमन्त्री बनाउनेगरी पनि छलफल भएको छ ।’

तर, बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले विभिन्न विकल्पमा छलफल भइरहेको बताए ।

उनले भने, ‘अहिले विभिन्न विकल्पमा छलफल भइरहेको छ । बैठक सरकारात्मक छ । आजै पाँच बजे बसेर सबै टुंग्याउँछौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार