काठमाडौँ । पिकलबल खेलमा सहभागी हुन १५ खेलाडीसहित २२ सदस्यीय नेपाली टोली भारतको सिक्किम प्रस्थान गरेको छ । नेपाली टोलीले जेठ १३ र १४ गते सिक्किमको पाकयोङमा आयोजना हुने ‘सिक्किम ओपन पिकलबल च्याम्पियनसिप’ मा सहभागिता जनाउने छ । नेपाली टोलीलाई एक कार्यक्रमबीच पिकलबल एशोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारी र विशाल मिलन केन्द्रका अध्यक्ष हरि अधिकारीले शुभकामनासहित जर्सी हस्तान्तरण गरेर बिदाई गरे । न्यू लक्ष्मी ज्वेलर्स यूके र थ्रेड गार्मेन्टले खेलाडीलाई जर्सी तथा खेल सामाग्री सहयोग गरेका छन् ।>
समाजसेवी तथा न्यु लक्ष्मी ज्वेलर्स यूकेकी सञ्चालिका लक्ष्मी राईले नेपालमा पिकलबल खेलको विकास गर्न आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाइन् । विश्वब्यापी रुपमा लोकप्रिय बन्दै गएको ‘पिकलबल’ खेल पछिल्लो समय नेपालमा पनि लोकप्रिय बन्दै गएको छ । पिकलबल एशोसियसन नेपालले गत मार्चमा काठमाडौंमा प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा विभिन्न देशका ५ दर्जनभन्दा बढी खेलाडी सहभागी थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले २ वटा स्वर्ण पदक जितेको थियो ।>
यसैगरी पिकलबल एशोसिएसन नेपालले सन् २०२४ को मार्चमा काठमाडौँमा अन्तर्र्राष्ट्रिय प्रतियोगिता आयोजनाको तयारी गरिरहेको र उक्त प्रतियोगितामा २ दर्जनभन्दा बढी देशका खेलाडीहरु सहभागी हुने जानकारी पिकलबल एशोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले दिए । >
>>