अर्थतन्त्र २७ भाद्र २०८०
लक्ष्मी भ्यालु फण्ड २ को इकाइहरु नेप्सेमा सूचीकृत

ओमकार टाइम्स

काठमाडौँ । लक्ष्मी भ्यालु फण्ड २ को इकाईहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबारदेखि सूचीकृत भएको छ ।  फण्डको ८ करोड इकाइहरु नेप्सेमा सूचीकृत भएको हो ।

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डले गत साउन ५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रति इकाई १० रुपैयाँका दरले निष्काशन तथा बिक्री खुला गरेको थियो । फण्डको इकाईहरु आउँदो भाद्र ३१ गतेदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

कोष प्रबद्र्धक लक्ष्मी सनराईज बैंक लिमिटेड रहेको यस फण्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार