समाचार १० पौष २०७९
रामचन्द्र पौडेलको टिप्पणी- प्रचण्डलाई धोका भयो

ओमकार टाइम्स

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिएको टिप्पणी गरेका छन्।

बालकोटमा जुटेको सहमतिबारे कांग्रेसको धारणा सम्बन्धमा सोधिएको प्रश्नमा पौडेलले आज भने, ‘प्रचण्डले धोका दिएको भन्ने पक्षमा म छैन, प्रचण्डलाई धोका भयो।’

नेता पौडेलले शनिबार खुमलटार पुगेर प्रचण्डलाई भेट गरेका थिए।

उक्त भेटमा उनले गठबन्धन नभत्काउन प्रचण्डलाई आग्रह गरेका थिए। गठबन्धन बचाउनका लागि कांग्रेसले राष्ट्रपति लिएर आफूलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन भनेका थिए।‘शान्ति प्रक्रिया पनि भूमिका निर्वाह गरेको व्यक्तित्व तपाईं राष्ट्रपति भएर म प्रधानमन्त्री हुँदा मलाई पनि गौरव महशुस हुन्छ,’ पौडेललाई प्रचण्डको प्रस्ताव थियो। 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन देउवाले अस्वीकार गरेपछि प्रचण्डले आइतबार नै बालकोट पुगेर एमालेसहित सात दलको समर्थनमा सरकार गठन गर्ने सहमति गरेका छन्।

बालकोटमा प्रचण्डलाई अढाई वर्ष सरकारको नेतृत्व दिने सहमति भएको बताइए पनि यसबारे औपचारिक रूपमा सार्वजनिक भएको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार