समाचार ५ वैशाख २०८१
सुरक्षाकर्मीको कारबाहीमा भारतको छत्तीसगढमा २९ माओवादीको मृत्यु

एजेन्सी

नयाँ दिल्ली । माओवादी प्रभावित छत्तीसगढको काङ्केरमा भएको भिडन्तमा २९ माओवादी मारिएको दाबी प्रहरीले गरेको छ । यस भिडन्तमा तीन सुरक्षाकर्मी पनि घाइते भएका छन् । 

यसअघि प्रहरीले १८ माओवादी मारिएको दाबी गरेको थियो । प्रहरीका अनुसार मंगलबार दिउँसो काँकेरको छोटाबेटिया क्षेत्रमा सन्दिग्ध माओवादीहरूसँग भिडन्त भएको थियो । भारतमा १९ अप्रिलमा बस्तरमा लोकसभाका लागि मतदान हुन लागेको छ । माओवादीहरूले उक्त निर्वाचन बहिष्कार गर्न अपिल गरिरहेकै समयमा मुठभेडको यो घटना भएको हो । 

मंगलबार दिउँसो काङ्केरको छोटाबेटिया क्षेत्रमा भएको भिडन्तपछि मुठभेड स्थलबाट २९ माओवादीको शव फेला परेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया

सम्बन्धित समाचार