अन्तर्राष्ट्रिय ३ कार्तिक २०७९
श्रीलङ्का टी–२० विश्वकपको सुपर १२ मा प्रवेश

ओमकार टाइम्स

गत महिना एसिया कपको उपाधि जितेको श्रीलङ्काली क्रिकेट टोलीले बिहीबार नेदरल्यान्डलाई १६ रनले पराजित गर्दै टी–२० विश्वकपको सुपर १२ मा स्थान सुरक्षित गरेको छ । नामिबियासँगको पहिलो खेलमा हार खेपेको श्रीलंकाले बाँकी दुई खेलमा जित दर्ता गर्दै सुपर १२ मा प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेट गुमाएर १६२ रन बनाएको थियो । लक्ष्य पछ्याएको नेदरल्याण्ड्सको टोली २० ओभरमा ९ विकेटको क्षतिमा १४६ रनमा समेटिएको थियो । अब नेदरल्यान्ड्सले विश्वकपमा छनोट हुन युएईले नामिबियासँगको खेल जित्नु आवश्यक छ । विश्वकपमा श्रीलंका कुन समूहमा परेको छ भन्ने अझै स्पष्ट भइसकेको छैन । यसको निर्णय पनि नामिबिया र युएईबीचको खेलपछि हुनेछ । 

प्रतिक्रिया